समय : ०१:५० am | मङ्गलबार , पौष ८ गते २०८१

कुमारी बैंकको १.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ ३१ गते २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्