समय : ०८:०६ am | शुक्रबार , असार १२ गते २०८३

सुनको मूल्य प्रतिऔंस ५ डलरले बढ्यो

अर्थ विशेष | जेठ ३० गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.२२ प्रतिशत अर्थात ५.५५ डलरले बढेको छ ।
यससँगै सुनको मूल्य यो समाचार तयार पार्दासम्म प्रतिऔंस २ हजार ३१५ डलर पुगेको छ ।

सुनको मूल्य बढेतापनि चाँदीको मूल्यमा भने गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.८१ प्रतिशत अर्थात ०.२४ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.४७ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्