समय : ११:३७ pm | बुधबार , श्रावण १४ गते २०८२

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’ को व्यवस्था सच्चिन्छ: मन्त्री खड्का

अर्थ विशेष | जेठ ३० गते २०८२

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’ को निर्णय सच्चिने बताएका छन्।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि उर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जिकिर गरे।

उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न प्राधिकरणका कर्मचारीको ठूलो मेहनत आवश्यक रहेको बताए।

छोटो समयमा ६४ खर्ब लगानी गरेर ठूलो लक्ष्य हाँसिल गर्दैैगर्दा लाखौँ व्यक्तिले रोजगार पाउनुका साथै राज्यलाई खबौँ राजश्व आम्दानी हुने र अन्य क्षेत्रसमेत चलायमान हुन्छ,” मन्त्री खड्काले भने।

उनले कर्मचारीले आफ्नो हक हितलाई ख्याल गर्दैगर्दा कर्तव्यलाई विसर्न नहुने उल्लेख गरे। उनले निमुखा जनताको हक, हितलाई हेरर सिमीत स्रोत र साधनका विच कर्मचारीले काम गर्नुपर्ने बाध्यात्मक परिस्थिती रहेको बताए। विद्युत प्राधिकरणभित्र रहेका ज्यालादारी कर्मचारीको समस्या अझ बढी रहेको उनकाे भनाइ छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्