समय : १२:०८ pm | शुक्रबार , चैत्र १३ गते २०८२

सुनको भाउ घट्दा चाँदीको बढ्यो

अर्थ विशेष | जेठ २६ गते २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घट्दा चाँदीको भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ।हिजो आइतबर पनि सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्