काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट प्रति ऋणपत्र रु।१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्कासनको स्वीकृति पाएको हो
कम्पनीको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्कासनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णग गरेका थियो । कम्पनीको उक्त आवेदनलाई केन्द्रीय बैंकले जेठ २८ गते स्वीकृती प्रदान गरेको हो ।
यससँगै अब कम्पनीले प्रति ऋणपत्र रु।१ हजार अंकित दरका ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्रको ब्याजदर ९ प्रतिशत हुनेछ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।









