समय : ०८:३२ am | बिहिबार , वैशाख ३१ गते २०८३

सुनको मूल्य ह्वात्तै बढ्यो

अर्थ विशेष | जेठ २० गते २०८२

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य पुनः १ लाख ९० हजार पार पुगेको छ । आज प्रतितोला २ हजार ९ सय रुपैयाँले बढ्दै सुनको भाउले १ लाख ९० हजारको आँकडा पार गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सयमा कारोबार भईरहेको छ ।अघिल्लो दिनपनि सुनको मूल्यमा १ हजार रुपैयाँको बढोत्तरी आएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।

आज चाँदीको पनि बढेको छ । चाँदी आज ५५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्