समय : ०१:१४ pm | बिहिबार , चैत्र १२ गते २०८२

नेप्सेमा झिनो वृद्धि

अर्थ विशेष | जेठ १९ गते २०८२

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०५ प्रतिशत अर्थात १.६० अंकले बढेर २ हजार ६९४.६६ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६०.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

गत बुधबार भने बजारमा ८ अर्ब ५८ करोड बढीको कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्, ‘अन्य दिनजस्तै आजको बजारले पनि खासै गति लिन सकेन । कम्पनीहरुको लाभांश क्षमता र व्यापार नबढ्नु तथा निराशाजनकपूर्ण बजेट आएका कारण लगानीकर्तामा बजारप्रति विश्वास देखिदैछ । बजेटमा केही विशेष नयाँ योजना छैन र चालु खर्च समेत धान्न मुश्किल देखिन्छ ।’

थापाले अहिले अन्य व्यवसाय समेत नचलेका कारण सेयर बजार समेत चल्न नसकेको बताए । यद्यपी बजारमा एउटा स्विङको सम्भावना भने रहेको उनले दाबी गरे ।

प्राविधिक रुपमा बजारले २७४५ विन्दुमाथि जान नसकेका कारण अल्पकालिन लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए ।

अर्का बजार जानकार विरेन्द्र विष्टले गभर्नरको मुद्दा अदालतमा रहेका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘केही टाठाबाठा लगानीकर्ता बजार घटाएर सस्तोमा सेयर उठाउन लागिपरेका छन् । जसका कारण बजारमा दबाब परेको छ,’ उनले भने ।

एकदुई दिनमा भने बजारले गति लिनेमा विष्ट ढुक्क देखिए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने ५ वटा समूहमा रातो पोतियो । लगानी समूह आज सर्वाधिक बढ्यो । यो समूह आज २.३७ प्रतिशतले बढ्यो । फाइनान्स समूह पनि आज ०.१७ प्रतिशत, होटल २.१५,जीवन बीमा ०.२५,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.०८,अन्य ०.३१ र व्यापार समूह ०.०१ प्रतिशतले बढ्यो ।

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.५१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि यो दिन ०.४५ प्रतिशत, विकास बैंक ०.२२,हाईड्रो ०.२८ र लघुवित्त समूह ०.१४ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्