समय : ०८:३१ am | बिहिबार , वैशाख ३१ गते २०८३

एक हजारले बढ्यो सुनको मूल्य

अर्थ विशेष | जेठ १९ गते २०८२

काठमाण्डौ । सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन ३ सयले बढेको सुनको मूल्य आजपनि वृद्धि भएको छ ।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन भने एक तोला सुनको कोरोबार १ लाख ८८ हजार ८ सयमा भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँले महङ्गो हुँदै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्