समय : ११:३६ am | बिहिबार , चैत्र १२ गते २०८२

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४.८२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ १३ गते २०८२

काठमाण्डो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको)ले संस्थापक समूहको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी नक्सलामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।निर्धारित मितिभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्