काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशख ८ गतेसम्म(वैशाख १२ देखि १४ सम्म पुनःम्याद थपसहित) १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो
कम्पनीले यही जेठ ११ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बालकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सानिमा क्यापिटलको नक्साल कार्यालय, विराटनगर,विर्तामोड, विरगञ्ज,जनकपुर,भरतपुर र हेटौडा शाखा, सानिमा कैंकको पोखरा, बुटवल,घोराही, नेपालगञ्ज,विरेन्द्रनगथर,धनगढी र महेन्द्रनगर शाखा कार्यालय र गरिमा विकास बैंकको बाग्लुङ शाखाबाट बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी जेठ १९ गते रहेको छ ।









