काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १९.०४ अंकले बढेर दुई हजार ६८८.५५ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, आज कारोबार रकम भने घटेको छ । आज कूल २ करोड २३ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब ८२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार आज १०४ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १४२ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
त्यसैगरी, आज पनि ओम मेगाश्रीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ६९ करोड १लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।









