समय : ०८:१३ am | बिहिबार , वैशाख ३१ गते २०८३

सुनको मूल्यमा उच्च वृद्धि

अर्थ विशेष | जेठ ७ गते २०८२

काठमाण्डौ । बुधबार सुनको मूल्य एक साताकै उच्च विन्दुमा पुगेको छ । डलरको कमजोर बनेसँगै र अमेरिकामा उत्पन्न भएको ट्याक्स बिलको मुद्दाले लगानीकर्तामा अनिश्चितता बढाएसँगै सुनको मूल्य बढेको हो ।
सुनको मूल्य आज २.३९ प्रतिशत अर्थात ७७.२३ डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३०६.७६ डलर कायम भएको छ । मुडिजले अमेरिकाको क्रेडिट रेटिङ घटाएसँगै डलरको इनडेक्स बितेको २४ घण्टामा १ प्वइन्टभन्दा बढीले घटेको छ ।

आज चाँदीको मुल्य समेत बढेको छ । चाँदी ०.६८ डलरले बढ्दै प्रतिऔंस ३३.०३ डलरमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्