समय : ०६:३३ pm | आइतबार , चैत्र १५ गते २०८२

वायुसेवा निगमका दुईवटा ट्वीनअटर सञ्चालनमा

अर्थ विशेष | वैशाख ३० गते २०८२

काठमाडौं । आन्तरिक उडानतर्फ सञ्चालनमा रहेका नेपाल वायुसेवा निगमका दुईवटा ट्वीनअटर विमान सञ्चालनमा आएका छन् ।

नेपाल वायुसेवा निगमले एक विज्ञप्ति जारी गर्दै वैशाख २९ गतेसँगै ९एन–एबीटी ट्वीनअटर विमान सञ्चालनमा आएसँगै अहिले आन्तरिक उडानमा दुईवटा विमान सञ्चालनमा आएका हुन् ।निगमले ९एन–एबीटीको वार्षिक मर्मतअन्तर्गत सर्टिफिकेट अफ एयरओर्थिस सम्पन्न भएर दुईवटै नयाँ इन्जिन परिवर्तन गरी नियामकीय चेकजाँच तथा मेन्टेनेन्स चेक फ्लाइट सफल भएको जनाएको छ । जसले गर्दा अहिले ९एन–एबीटी र ९एन–एबीटी दुवै ट्वीनअटर विमान सञ्चालनमा आएको निगमले जनाएका हो ।

मर्मतपश्चात दुवै विमान सञ्चालनमा आएसँगै प्रतिदिन चारवटा जहाज उडानमा रहेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्