समय : ०९:३५ pm | बिहिबार , फागुन २८ गते २०८२

सुनको मूल्य एकैदिन ३ हजार ७ सयले घट्यो

अर्थ विशेष | वैशाख २९ गते २०८२

काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाा कायम थियो ।

सो दिन पनि सुनको मूल्य ३ सय रुपैयाँले ओरालो लागेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्