समय : ०१:०२ pm | आइतबार , चैत्र १५ गते २०८२

राष्ट्र बैंकको स्वायत्तता सकियो, देउवाले भने ‘प्रधानमन्त्रीले कांग्रेशलाई दिने पक्षमा हुनुहुन्छ’

अर्थ विशेष | वैशाख २४ गते २०८२

काठमाडौं नेपाल राष्ट्र बैंकको गभर्नरमा स्वायत्ततामा सत्ता गठबन्धनले हस्तक्षेप गरेको भनेर चौतर्फी आलोचना भइरहेका बेला नेपाली कांग्रेशका सभापतिले नै गभर्नर कांग्रेशको भागमा परेको खुलासा गरेका छन् । उनले प्रधानमन्त्री कांग्रेशले अगाडि सारेको व्यक्तिलाई नियुक्ति गर्ने विषयमा काम भइरहेको समेत बताए ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउबाले भने, ‘राष्ट्र बैंकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहिँ होइन, राष्ट्र बैंक भित्रै आएको समस्या हो, हामीले भनेको उम्मेदवारलाई गाह्रो भइराछ तर, उहाँचाहिँ कांग्रेशलाई दिने पक्षमा हुनुहुन्छ, यसमा कुरा छैन फेरि, उहाँले त्यसमा गरेको छैन, सहयोग गर्नुभएको छ ।’

नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्दा राजनीतिक आस्था वा दलगत आधारमा नियुक्ति गर्ने व्यवस्था छैन । तर, मुख्य सत्ता गठबन्धनले हरेक नियुक्तिमा राजनीतिक बाँटफाँड गर्ने अभ्यास गर्दा नेपाल राष्ट्र बैंकको गभर्नर नेपाली कांग्रेशको तर्फबाट हुने औपचारिक खुलासा सभापति देउबाले गरेका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्