समय : ०४:४३ pm | मङ्गलबार , वैशाख २३ गते २०८२

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे सभापति देउवासँग परामर्श

अर्थ विशेष | वैशाख २२ गते २०८२

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटबारे परामर्श गरेका छन् ।

आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन्।त्यस अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरि बजेट निर्माण गर्न सुझाव दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्