समय : ०६:१४ am | आइतबार , चैत्र १५ गते २०८२

अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग

अर्थ विशेष | वैशाख १७ गते २०८२

काठमाडाैं। पोखरामा आज आयोजित कार्यक्रमका सहभागी उद्योग व्यवसायीहरूले सुस्ताएको अर्थतन्त्रलाई गति दिने बजेट ल्याउन माग गरेका छन्।

पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँग भएको अन्तक्र्रियाका वक्ताहरूले अर्थतन्त्रलाई गतिशिल बनाउने किसिमको बजेट अहिलेको आवश्यकता औल्याए।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आगामी आर्थिक वर्ष २०८२ /८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री हुनुपर्नेमा जोड दिए।

Shree Steel
अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने बताउँदै उनले यसतर्फ सरकारको ध्यान आकृष्ट हुनुपर्ने आवश्यकता औँल्याए।

पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको उल्लेख गर्दै उनले पोखरा उद्योग वाणिज्य सङ्घले यहाँको शिक्षा, स्वास्थ्य, पर्यटनको विकास तथा कृषिको व्यवसायीकरणका निम्ति निरन्तर पैरवी गर्दै आइरहेको बताए।

आफूहरूले निजी क्षेत्रको हितमात्र नभई समग्र पोखराको विकासका निम्ति पनि उत्तिकै क्रियााशिल रहेको जानकारी गराए। सिन्धुपाल्चोकका व्यवसायीसँग रहेको हिमालपार व्यापारको अनुभव र त्यसको महत्वबारे उल्लेख गर्दै उनले गण्डकी प्रदेशको कोरोला नाका सुचारु हुँदा समग्र गण्डकी क्षेत्रका व्यवसायीको निम्ति नयाँ सम्भावनाको ढोका खुल्ने धारणा राखे।

कोरोलामा नेपालतिर खासै भौतिक संरचना नबने पनि चीनसँग आयात र निर्यातको काम गर्ने अवसर आएको उनको भनाइ छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले अहिले खासा र रसुवा नाकाबाट निर्यातभन्दा बढी आयात मात्र हुने गरेको जानकारी दिँदै आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासङ्घले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका समस्याप्रति बढी ध्यान दिनुपर्ने भन्दै उनले महासङ्घमा वास्तविक समस्या बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्ने बताए।

पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले देशैभरका उद्योगी÷व्यवसायीहरु अहिले एउटै समस्याले पीडित भएको बताउँदै सुस्ताएको बजार चलायनमान बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने धारणा राखे।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्