समय : ११:२६ pm | शुक्रबार , जेठ १ गते २०८३

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | वैशाख १५ गते २०८२

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएो छ । लघुवित्तले संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री गर्ने गरी शेयर बिक्रीमा ल्याइएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित पोखरा–२६, विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।संस्थाले तोकिएको समयभित्र संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्