काठमाडौं । फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको आरोपमा काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिङ्क पठाई खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनधिकृत पहुँच पुर्याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति
ग्लोबल इनोभेसन प्रालिको खाताहरूमा १ करोड २ लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कालीमाटीबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।









