समय : ०७:२५ pm | बिहिबार , वैशाख ११ गते २०८२

नेपाली अब युरो कपमा’ योजनाको विजेता घोषणा कार्यक्रम सम्पन्न

अर्थ विशेष | वैशाख २९ गते २०८१
‘काठमाडौं । साईमेक्स् इन्क प्रालिको नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको ‘नेपाली अब युरो कपमा’ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ।विजेताहरूले जर्मनीमा हुने यूईएफए यूरो कप २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउने भएका छन् । यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरूलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।साईमेक्स् इन्कले यो अवसरका लागि २६ फेब्रुअरी २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरूबाट ११ जना भाग्यशाली ग्राहक लक्की ड्रबाट चयन गरी विजेता घोषित गरेको हो । बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साईमेक्स् इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रूपमा लक्की ड्र कार्यक्रम गरेका थिए ।दुई चरण गरी लक्की ड्रबाट निकालिएका विजेताहरूको नामावली अनुसार पहिलो चरणका विजेताहरूको नाम यस प्रकार रहेको छ . बिवाइडी कस्टमर कार्निभल : जयराम न्यौपानेकोड नम्बर : ४०७ शास्वत गौतमकोड नम्बर : ०७४ श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठकोड नम्बर : ०८८ विजेन्द्र शाक्यकोड नम्बर : ३७३ कविनराज श्रेष्ठकोड नम्बर : ०२६ दिनेश प्याठातथा दोस्रो चरणका विजेताहरूको नामकोड नम्बर : ६६२ गणेश कँडेलकोड नम्बर : ६५३ डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिनाकोड नम्बर : ६८२ प्रदीप पौडेलकोड नम्बर : १६२ सगरमाथा टेलिभिजन र बिमल गुरुङकोड नम्बर : ६९१ जयप्रकाश दासकोड नम्बर : २०० सजिना पाण्डेयनेपाली अब यूरो कपमा योजनाको ११ भाग्यशाली विजेतालाई बधाई दिन पाउँदा हामी खुसी लागेको र यस किसिमका योजनाले ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने कम्पनीका अध्यक्ष समीर श्रेष्ठले बताए ।साथै, योजनालाई सफल बनाउने बिवाइडी र सम्पूर्ण यूईएफए यूरो कप २०२४ टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आफू योजनाबाट अत्यन्तै उत्साहित भएको समेत बताएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्