समय : ०६:२२ pm | बिहिबार , चैत्र १२ गते २०८२

नेपालको अर्थतन्त्र सुधारोन्मुख र गरिबीदर घट्दो : विश्व बैंक

अर्थ विशेष | चैत्र २१ गते २०८१

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

एक प्रतिवेदन जारी गर्दै विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने जनाएको हो । ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस वर्षमा नेपालको आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । विश्व बैंकका अनुसार अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ हुने अनुमान गरेको थियो ।

आगामी आर्थिक वर्षहरुमा पनि नेपालको अर्थतन्त्रमा सुधार हुने विश्व बैंकको अपेक्षा छ । आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.२ प्रतिशत र त्यसपछि ५.५ प्रतिशतले विस्तार हुनेसमेत विश्व बैंकले अनुमान गरेको छ ।

आर्थिक विकाससँगै नेपालमा गरिबीदर पनि घट्ने विश्व बैंकको अनुमान छ । विश्व बैंकले सन् २०२५ मा नेपालको गरिबी ५.५ प्रतिशत, सन् २०२६ मा ४.८ प्रतिशत र सन् २०२७ मा ४ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्