समय : १२:२३ am | मङ्गलबार , वैशाख १४ गते २०८३

भाटभटेनीमा गाजल, लिपस्टिकदेखि मदिरा लुट्ने ९ जना पक्राउ

अर्थ विशेष | चैत्र १७ गते २०८१

काठमाडौं । नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्ने ९ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भाटभटेनीमा लुटपाट गर्नेमध्ये ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । कार्यालयले पक्राउ परेका सबैको विवरण पनि सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार ब्ल्याक लेबल र ज्याक डेनियल रक्सी लुटेका धनुषाका आशिष तामाङ, बियर लुटेका सर्लाहीको प्रेमकुमार महतो, यार्चागुम्बा ब्राण्डको मदिरा लुटेका भारतका रविरञ्जन कुमार पक्राउ परेका छन् । उता हाफ पाइन्ट र ट्राउजर लुटेर भागेकी नुवाकोटकी सुशील कुमाल पनि पक्राउ परेकी छन् ।

त्यस्तै, ट्रे र क्यारेट लुटेर लगेकी सुनसरीकी एलिसा राई, क्यारेट लुटमा संलग्न कोटेश्वरकै बालकुमारी कार्की पनि समातिएकी छन् । फलफूल लुटमा संलग्न सिन्धुपाल्चोककी निर्मला कार्की पनि पक्राउ परेकी छन् ।

उता भाटभटेनीको भुइँतलास्थित स्टोरबाट लिपिस्टिक र गाजल लुटेर लैजाने कोटेश्वरकै चित्रमाया बस्नेत र सुस्मिता बराललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्