समय : ०१:०६ am | बिहिबार , चैत्र ११ गते २०८२

नेको इन्स्योरेन्सको साढे १५ करोड बढीको सेयर बिक्रीमा

अर्थ विशेष | चैत्र १५ गते २०८१

काठमाडौं । नेको इन्स्योरेन्सको साढे १५ करोड बढीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरूले संस्थापक समूहको ६ लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकेको छ । यस आधारमा कम्पनीको १५ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

कम्पनीको सेयरमा सर्वसधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउँछन् । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आज चैत १५ गतेदेखि चैत २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्