समय : ११:४० pm | बुधबार , चैत्र ११ गते २०८२

सेयरबजारमा उच्च गिरावट

अर्थ विशेष | चैत्र १२ गते २०८१

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१९ प्रतिशत अर्थात ५८.०५ अंकले घटेर २ हजार ५८२.७३ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९० प्रतिशतले घटेर ४३४.९७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर ५ अर्ब १८ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘आज बजार घट्नुमा देशको तरल राजनीतिक अवस्था मुख्य कारण हो । यही चैत १५ गतेदेखि विभिन्न दलहरुले गर्ने भनेको आन्दोलनका कारण डराएका लगानीकर्ता सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै थप त्रसित बनेका छन् । बिग्रदो राजनीतिक अवस्थाका कारण लगानीकर्ताले आज स्टपलस तथा नाफा बुक गरेको हुनपनि सक्छ ।’

यसका साथै अन्तराष्ट्रिय अवस्था र चैत मसान्तकको दबाबले पनि बजार घटेको हुनसक्ने आँकलन उनले गरे । यद्यपी २५८० विन्दु आसपास भने बजारमा बलियो सपोर्ट रहेको उनले बताए ।

अर्का कजार जानकार नीमानन्द कंडेले पनि चैत मसान्तको दबाब र आन्दोलन जस्ता विषयले लगानीकर्ताको मनोलब खस्किएको बताए । ‘यस्तै उधारोमा सेयर खरिद गरेकाले समेत बिक्री दबाब दिदा र कुलमानको विषयले समेत आज बजार घटेको देखिन्छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.४१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.४० प्रतिशत, विकास बैंक ३.२६,होटल २.८३, हाईड्रो ३.०८,लगानी १.९८, जीवन बीमा २.२४, उत्पादन तथा प्रशोधन १.४९,लघुवित्त २.३०,म्युचुअल फण्ड ०.५१,निर्जीवन बीमा २.३८, अन्य १.६४ र व्यापार समूह १.६० प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्