समय : ०१:०१ am | आइतबार , कार्तिक १५ गते २०८२

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

अर्थ विशेष | वैशाख २९ गते २०८१
 काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धुथापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् ।लक्ष्मणका गुरुसमेत रहेका थापाले चेलाका सम्बन्धका बारेमा भने, ‘केही मानिस स्पष्ट बाटो हिँड्छन् र गन्तव्यमा पनि पुग्छन् । लक्ष्मणबाबु यस्तै मानिस थिए । अगाडि बढ्नु छ भने उनीजस्तै उदेश्य राखेर झुट नबोली अडानका साथ काम गर्नुपर्छ ।’ आफूलाई लक्ष्मणलाई जागीर लगाइदिन आग्रह गर्ने क्रममा भेट हुँदा पढ्न सुझाव दिएको उनले स्मरण गरे ।उनले भने, ‘उसलाई नेपाली होइन, अंग्रेजी पढ्नु प¥यो रे भनेपछि मैले साँझतिर मेरामा पढ्न पठाइदिनू, उसलाई अंग्रेजी म पढाइदिन्छु भनें । पछि त उनी साथीजस्तै भए । पत्नीलाई दिदी मानेर भाइटिका लगाउन थालेपछि पारिवारिक सम्बन्ध गाँसियो ।’उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मणबाबुका तीन कुरा प्रेरणादायी रहेको बताए । ‘उनी साहस र संकल्प गर्ने व्यक्तित्व हुन् । दोस्रो, उनी सिर्जनात्मक व्यक्तित्व पनि हुन्’, उनले भने, ‘तेस्रो, कामप्रति निष्ठापूर्वक लाग्ने जुन समर्पणसहितको हुन्थ्यो ।’राष्ट्र निर्माणमा कसरी योगदान दिने भनेर सधैं चिन्तित हुने कर्मवीर र निडर लक्ष्मणबाबुले धेरैलाई देश विकासमा योगदान गर्न प्रोत्साहित गरेको उनको भनाइ छ । उनले भने, ‘सामाजिक–आर्थिक रुपान्तरणमा दूरदृष्टि भएका उनी हाम्रा लागि आर्थिक समृद्धिमा प्रेरणा प्रदान गर्ने व्यक्ति पनि हुन् ।’अनुसन्धानकर्ता, संकलक एवं लेखक प्राडा जयराज आचार्यले असम्भव जस्तै लाग्ने केबुलकार नेपाल भित्र्याउनु चानचुने कुरो नभएको समय २०५५ सालमा हिम्मत बटुलेर मनकामना मन्दिरसम्म लाखौं भक्तजनलााई जोड्न लक्ष्मणबाबु सफल भएको बताए ।उनले भने, ‘उहाँको यो साहस, चितवनमा एक अर्ब लगानी गरेर चितवन मिल्क खोलेको र जलविद्युत्का योजना सुरु गर्ने व्यक्तित्व भएकाले यो किताब लेख्ने काम गरें ।’ लक्ष्मणबाबुले पैसाभन्दा मित्र कमाउनु पर्छ भन्ने सन्देश दिएको सुनाउँदै उनले थपे, ‘धोका दिनेसँग पनि नरिसाई मुस्कुराउन सिकाउनु भएको छ । उहाँ कहिल्यै रिसाएको देखिनँ पनि ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्