समय : ०३:१० pm | बिहिबार , चैत्र १२ गते २०८२

कृषि अनुदान पारदर्शी हुने

अर्थ विशेष | चैत्र १२ गते २०८१

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज यहाँ आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा उनले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुआत गरेकाले अबका दिनमा अनुदान पारदर्शीे हुने र सबै विवरण हेर्न सकिने बताए ।

विगतका पाँच वर्षमा एक खर्ब पाँच अर्ब रकम कृषि अनुदानमा खर्च भएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान प्रक्रिया अहिले रोकिएको बताए । कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुने धारणा राखे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्