समय : ११:४४ am | मङ्गलबार , चैत्र १० गते २०८२

सिटिजन्स बैंकको ३.१८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | चैत्र ११ गते २०८१

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

५४ हजार ८११.५७ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ र २ लाख ६४ हजार ६१.५८ कित्ता सेयरको १०० रुपैयाँ तोकिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्