समय : ०९:२६ pm | सोमबार , पौष ८ गते २०८१

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ २४ गते २०८१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी २ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० सय कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

यो शेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले सूचना प्रकाशित भएको ७ दिनभित्रआवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न चाहने लगानीकर्ताले कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्