समय : १०:०२ am | मङ्गलबार , चैत्र १० गते २०८२

कुमारी बैंकको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | चैत्र ११ गते २०८१

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २० हजार ३६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकद्वारा जारी सूचनामा यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्ने उल्लेख छ । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्