समय : ०८:४१ am | बिहिबार , फागुन २८ गते २०८२

आज सुनको भाउ ४हजारले बढयो

अर्थ विशेष | चैत्र १ गते २०८१

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजाररुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।

आज चाँदीको भाउ पनि ५० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ५० रुपैयाँमा कायम भएको छ। यसअघि चाँदीको भाउ तोलामा २ हजार रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्