समय : १०:३० am | बिहिबार , चैत्र १२ गते २०८२

सात दिनपछि नेप्सेमा हरियाली

अर्थ विशेष | फागुन २८ गते २०८१

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६३ प्रतिशत अर्थात १७.२८ अंकले बढेर २ हजार ७३६.४८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५६ प्रतिशतले बढेर ४५९.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर ८ अर्ब २३ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको वृद्धिसँगै नेप्सेको लगातार ७ दिनको गिरावटमा आज ब्रेक लागेको छ ।

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘धेरै दिन घटेको बजारमा आजको बढाईले लगानीकर्तालाई केही राहत दिएको छ । बजारमा सेयर एक्युमुलेशन भएको देखिन्छ । अहिले सेयरबजार बियरिस ट्रेण्ड सकिएर बुल ट्रेण्डमा जादै गरेको छ ।’

नयाँ गभर्नर आउदै गर्दा लगानीकर्ताको मनोबल समेत बढेको उनले बताए । उनले बजारले बिस्तारै अप ट्रेण्ड लिने समेत दाबी गरे ।

अर्का बजार जानकार सुवासचन्द्र ढुंगानाले पनि अधारभूत रुपमा बजार राम्रै रहेको र बिस्तारै बजार सुधारको बाटोतर्फ अग्रसर भएको बताए । ‘प्राविधिक रुपमा भने आज बजारले बाउन्सब्याक गरेको छ । बजार लयमा फर्किएको भन्नु भने अहिले हतार हुन्छ । बजार २७६० विन्दुभन्दा माथि बन्द भएमा भने बजारले गति लिएको मान्न सकिन्छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक बढ्यो । यो समूह आज १.७६ प्रतिशतले बढ्यो ।

यस्तै आज विकास बैंक समूह ०.५३ प्रतिशत, फाइनान्स ०.०२,होटल ०.६४,हाईड्रो ०.६४,जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.१८,म्युचुअल फण्ड ०.१०,निर्जीवन बीमा ०.४०,अन्य १.५७ र व्यापार समूह ०.२१ प्रतिशतले बढ्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्