समय : ०६:४६ am | मङ्गलबार , चैत्र १० गते २०८२

एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | फागुन २८ गते २०८१

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्