समय : १०:०९ am | बिहिबार , फागुन २८ गते २०८२

सुनको मूल्य सामान्य बढ्यो

अर्थ विशेष | फागुन २५ गते २०८१

काठमाण्डौ । आइतबार घरेलु बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्