समय : १०:११ am | बिहिबार , फागुन २८ गते २०८२

आज सामान्य घट्यो सुनको भाउ

अर्थ विशेष | फागुन २३ गते २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्