समय : ०८:४७ pm | बुधबार , चैत्र ११ गते २०८२

आज पनि दोहोरो अंकले घट्यो नेप्से

अर्थ विशेष | फागुन २१ गते २०८१

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८८ प्रतिशत अर्थात २५.१६ अंकले घटेर २ हजार ८२१.१३ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२० प्रतिशतले घटेर ४६९.५६ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘केही दिनदेखि बढेको बजारमा आजको गिरावट नाफा बुक मात्रै हो । राम्रा कम्पनीहरुमा एक्युमुलेशन चलिरहेको छ । घट्दै–बढ्दै अघि बढ्ने बजार नै दीर्घकालमा मजबुत रहन्छ । अहिले बजार ठूलो अंकले घट्नु पर्ने कुनै पनि कारण छैन ।’

रौनियारले अहिले बजारमा सस्तो ब्याजदर र प्रयाप्त तरलता रहेको समेत बताए । अब बैंकिङ क्षेत्रपनि सम्हालिदै अघि बढ्ने भएकाले समग्र बजारमा समेत सकारात्मक प्रभाव देखिने उनले बताए ।

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फल्लेलले पनि आजको बजारको घटाईलाई सामान्य नाफा बुक भएको बताए । ‘यो बुल भित्रकै स्वभाविक करेक्सन हो । बजार घट्दा कारोबार पनि घटेकाले बजारमा प्यानिक सेल नरहेको जनाउछ ।’

उनले बजार केही दिनभित्रै सम्हालिने विश्वास व्यक्त गरे ।

यो दिन नेप्सेमा सूचीकृत एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज व्यापार समूह मात्रै बढ्यो । यो समूह आज ०.४३ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात १.५५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.०४ प्रतिशत,विकास बैंक १.३१, होटल १.०५, हाईड्रो ०.३७, लगानी १.२४, जीवन बीमा १.४५, उत्पादन तथा प्रशोधन ०.९४,लघुवित्त ०.५०,म्युचुअल फण्ड ०.१५,निर्जीवन बीमा १.५१ र अन्य समूह ०.७६ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्