समय : ०८:४७ pm | बुधबार , चैत्र ११ गते २०८२

झण्डै ५० अंकले बढ्यो नेप्से

अर्थ विशेष | फागुन १५ गते २०८१

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ४९.१५ अंकले बढेर २ हजार ८१५.०४ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१२ प्रतिशतले बढेर ४६९.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०० वटा स्क्रिप्टको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार विनोद अर्याल भन्छन्, ‘ आजको बजार विशेष गरेर दुई–तीनवटा कारणले बढेको हो । पहिलो कारण भनेको नेपाल ग्रे लिस्टमा परेकाले ठूला एलसी खोल्न रोकिने त्यो पैसा अल्पकालिन रुपमा बजारमा भित्रिएको हुनसक्छ । अर्को कारण भनेको मौद्रिक नीतिको समीक्षामा बैंकहरुलाई सहज हुनु हो । यी कारणहरुले आज बजार २८ सय विन्दुमाथि टिकेको छ ।’

यस्तै उनले अब बजारले ३ हजार विन्दुसम्मको यात्रा सहजै पुरा सर्ने समेत दाबी गरे । अर्का बजार जानकार सुमन कुमार रिजालले पनि आज भोल्युमसहित बजारले २७८० को प्रतिरोध ब्रेकआउट गरेको बताए । यसले गर्दा बजार अप ट्रेण्डमै रहेको उनले बताए । बैंकहरुलाई मौद्रिक नीतिको समीक्षामा केही सहज व्यवस्था हुनु र गभर्नर पनि बिदामा बस्न सक्ने आँकलनले पनि आज बजार झण्डै ५० अंकले बढेको उलने बताए ।

उनको विचारमा अब बजारले नयाँ फड्को मार्नेछ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । बैंकिङ समूहमा आज रौनक देखियो । यो समूह आज ३.३२ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.५३ प्रतिशत, वित्त ०.२८, होटल १.१२,हाईड्रो १.८०,लगानी १.२५,जीवन बीमा ०.८१,उत्पादन तथा प्रशोधन २.९१,लघुवित्त ०.९१,म्युचुअल फण्ड ०.८८,निर्जीवन बीमा ०.७०,अन्य १.०१ र व्यापार समूह १.२० प्रतिशतले बढ्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्