समय : १२:४८ pm | बिहिबार , फागुन २८ गते २०८२

सुनको मूल्य १% ले घट्यो

अर्थ विशेष | फागुन १४ गते २०८१


काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.०१ प्रतिशत अर्थात २९.४८ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९१६ डलरमा कारोबार भईरहेको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको थियो । गत सोमबार सुनको मूल्य प्रतिऔंस २ हजार ९५६.१५ डलर पुग्दै हालसम्मकै उच्च कायम भएको थियो ।

यो वर्ष मात्रै सुनको मूल्यले ११ पटक ‘अल टाइम हाई’को रेकर्ड बनाईसकेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १.५६ प्रतिशत अर्थात ०.५० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य प्रतिऔंस ३१.७८ डलरमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्