समय : १०:१३ pm | सोमबार , पौष ८ गते २०८१

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ २१ गते २०८१

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

बैंकले बिक्रीमा राखेको शेयर संख्या भने खुलाएको छैन । इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति शेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्