समय : ०९:२० pm | सोमबार , पौष ८ गते २०८१

सर्वसाधारणका लागि नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ २१ गते २०८१

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले २ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले ७ हजार ३१२ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो ।

सो शेयर खरिद गर्नका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापकका लागि ३५ दिने सूचना जारी गरिएकोमा कुनै आवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

शेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको १० दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्