काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ । आवेदन पेश गर्दा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता उल्लेख गर्नुपर्नेछ । एक व्यक्तिले विभिन्न मूल्यमा खरिद गर्न चाहेमा सोको लागि बेग्ला बेग्लै शिलबन्दी पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता सर्वसाधारणतर्फ १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा भने सेयर खरिदका लागि कुनै सीमा तोकिएको छैन ।
इच्छुक लगानीकर्ताले लक्ष्मी सन्राइज क्यापिटल र एनएलजी इन्स्योरेन्स कम्पनीका शाखा कार्यालयहरु, कोशी प्रदेशः विराटनगर शाखा (मुनलपाथ विराटनगर–५), मधेश प्रदेशः वीरगंज शाखा (लिंकरोड, घन्टाघर, वीरगंज), गण्डकी प्रदेशः पोखरा शाखा (न्यूरोड, पोखरा–८), लुम्बिनी प्रदेशः बुटवल शाखा (ट्राफिक चोक–६, बुटवल), कर्णाली प्रदेशः सुर्खेत शाखा, (वीरेन्द्रनगर–६, गुड्डापथ, सुर्खेत(, र सुदुरपश्चिम प्रदेशः धनगढी शाखा (रातोपुल, मेनरोड, धनगढी)बाट आवेदन दिन सक्नेछन् ।