समय : ०४:२८ pm | शनिबार , वैशाख १९ गते २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

अर्थ विशेष | माघ १५ गते २०८१

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु ९०० सयले घटेको छ ।

आज एक तोला छापावाल सुनको मोल रु एक लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार रु एक लाख ६० हजार १०० मा कारोबार भएको थियो ।

यसैगरी, सोमबार रु एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु १५ ले घटेर रु एक हजार ८३५मा कारोबार भइरहेको महासङ्ले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्