समय : ०४:३६ pm | बुधबार , चैत्र ११ गते २०८२

नेप्सेमा ४.७५ लाख कित्ता एफपीओ सूचीकृत

अर्थ विशेष | माघ १४ गते २०८१

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन(एफपीओ)नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि संस्थाको उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । संस्थाले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो। यो आईपीओमा ४८ गुणा बढी आवेदन परेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्