समय : ०३:०५ pm | बुधबार , चैत्र ११ गते २०८२

बेष्ट फाइनान्सको ५ लाख ३५ हजार कित्ता संस्थापक सेयर विक्रीमा

अर्थ विशेष | माघ ११ गते २०८१

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले ५ लाख बढी कित्ता संस्थापक सेयर विक्री गर्ने भएको छ । विभिन्न व्यक्तिको नाममा रहेको ५ लाख ३५ हजार ९०९ कित्ता सेयर विक्रीमा रहेको कम्पनीले जनाएको छ ।

राजेन्द्र प्रसाद ध्वजुको नाममा रहेको ३ लाख ५१ हजार २२ कित्त संस्थापक सेयर विक्रीमा रहेको छ । यसैगरी, इन्द्रलाल श्रेष्ठको नाममा रहेको १ लाख कित्ता, निर्मला कुमारी सुवाल ध्वजुको नाममा रहेको ४३ हजार ६०४ कित्ता, राजेश किरण श्रेष्ठको १२ हजार ८१ कित्ता, सुरश प्रजापतिको ९ हजार २८६ कित्ता, दिनेश बज्रचार्यको १९ हजार ९३४ कित्ता सेयर विक्रीमा रहेको कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सो सेयरहरु खरिद गर्नका लागि पहिला संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोहि अुनसार ३५ दिन भित्र फाइनान्सको केन्द्रिय कार्यलयमा आवेदन दिन संस्थापक सेयरधनीहरुलाई कम्पनीले आह्वान गरेको सूचनामा उल्लेख छ ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्