समय : ०५:३१ pm | सोमबार , पौष ८ गते २०८१

कुमारी बैंकको २ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ १७ गते २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले बिहीबार एक सूचना प्रकाशन गर्दै विभिन्न ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख २३ हजार ४५१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको हो ।

उक्त सेयर संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखिएकाले खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र निर्धारित समयभित्र शेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्