समय : ०२:१३ am | सोमबार , पौष ७ गते २०८१

बुढानिलकण्ठ हेरिटेजद्वारा हकप्रद जारी

अर्थ विशेष | मंसिर २७ गते २०८१

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २९.५६ प्रतिशत अर्थात १ः०२९५६ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रद सेयरमा माघ २ गतेसम्म आवेदन दिन सकिनेछ ।

संस्थापक शेयरधनीहरुले उक्त मिति भित्र आफ्नो हक प्रति थान १०० का दरले हुन आउने एकमुष्ट रकम कम्पनीको खाता रहेको नेपाल एसबीआई बैंकमा जम्मा गर्नु पर्नेछ । यो हकप्रद खरिदका लागि मंसिर १४ गतेसम्म कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीको गत मंसिर १४ गते सम्पन्न छैठौं बार्षिक साधारण सभाबाट १ः०२९५६ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो ।

बुढानिलकण्ठ हेरिटेजले आफ्नो जारी पूँजीको १५ प्रतिशत अर्थात प्रतिसेयर अंकित मूल्य १०० दरको १५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरिरहेको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

विसं २०७५ सालमा प्रा।लि।को रुपमा दर्ता भई विसंं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड(केन्द्रीय) कार्यालय बुढानिलकण्ठ नगरपालिका–१ मा रहेको छ । संस्थापकहरुको ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक सेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्तापूँजी १ अर्ब पुग्नेछ ।

अन्तरराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ ।

आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्