समय : ०२:१२ am | सोमबार , पौष ७ गते २०८१

एक्सल डेभलपमेन्ट बैंकले बिक्रीमा राख्यो यूनाइटेड अजोडको सेयर

अर्थ विशेष | मंसिर २७ गते २०८१

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले यूनाइटेड अजोडमा रहेको आफ्नो स्वामित्वको सेयर आज मंसिर २७ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले कम्पनीमा रहेको ९२ हजार ३२० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकेको छ ।

इन्स्यारेन्सको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापकले माघ २२ गतेसम्म दिनुपर्नेछ । यदि सो अवधिभित्र उक्त सेयर बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।

उक्त सेयर खरिद गर्दा कम्तिमा ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्