समय : ०३:४४ pm | सोमबार , पौष ८ गते २०८१

आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

अर्थ विशेष | जेठ १३ गते २०८१

काठमाडौं । आर्थिक वर्ष (आव) ०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट आगामी म‌गलवार दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरे।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्