काठमाडौं । बोटलर्स नेपाल(तराई) लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैठकले ५० प्रतिशत अर्थात प्रति साधारण कित्ता ५० रुपैयाँका दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।