समय : ०९:४९ pm | बिहिबार , वैशाख २४ गते २०८३

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ विशेष | कार्तिक २५ गते २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब तान्न लागेको हो ।

निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने छन् ।निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नु पर्नेछ । यसरी तानिएको रकमको साँवा र ब्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले मंसिर १६ गते भुक्तानी दिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्