समय : ११:३२ pm | बिहिबार , वैशाख २४ गते २०८३

आगलागी हुँदा १० लाखको क्षति

अर्थ विशेष | कार्तिक २३ गते २०८१

बनियानी । बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा १० लाख रुपैयाँबराबरको क्षति भएको छ ।

बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै १० लाख रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छभने एक स्कुटरसमेत जलेको छ । आगलागीबाट घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा सोही स्थानका मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा सामान्य पिल्सिएको छ । स्थानीय मेडिकलमा सामान्य उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्